बलिउड कलाकार ऐश्वर्या राय र अनुपम खेरमा कोरोना पोजेटिभ

Posted by

असार २८, २०७७ आइतबार काठमाडौं । एकपछि अर्को गर्दै बलिउड कलाकारहरुमा कोरोना भाइरसको संक्रमण भएको खबरहरु बाहिरिएका छन् ।

अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई संक्रमण भएको खबर बाहिरेलगत्तै कलाकार अनुपम खेरसहित उनको परिवारका चार जना संक्रमण देखिएको छ ।

उनकी आमा, भाउजू र भतिजीलाई संक्रमण भएको उनले ट्वीटर मार्फत जानकारी दिएका छन् । उनीहरुलाई मुम्बईको कोकिलावेन अस्पतालमा भर्ना गरिएको पनि अनुपमले जानकारी दिएका छन्।

यसअघि अमिताभ बच्चन र उनका छोरा कलाकार अभिषेक बच्चनलाई सङ्क्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

उनीहरु दुबैजनाले आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार जानकारी गराएका छन् ।

यता, ऐश्वर्या राय बच्चन र १० बर्षीया छोरी आराध्याको आधिकारिक रिपोर्ट बाहिर आइसकेको छैन । यद्यपी, उनीहरुको रिर्पोट पोजेटिभ आएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

आजतकका अनुसार ऐश्वर्याकी सासू जया बच्चनमा संक्रमण नरहेको पुष्टि भएको छ । तर ऐश्वर्या र छोरी आराध्यामा भने रिर्पोर्ट पोजेटिभ आएको छ । ऐश्वर्याको पहिलो रिपोर्ट नेगेटिभ आएपनि पछिल्लो रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु होम क्वारेन्टाइनमा रहेका रहेका छन् ।