बाँकेमा ४७ जनामा कोरोना पुष्टि,संक्रमितकाे संख्या ३ सय ५७ पुग्यो

Posted by

५ जेठ, नेपालगञ्ज । बाँके जिल्लाकाे नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएकाे छ। आइतबार क्‍वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो।   स्वास्थ्य मन्त्रालयले जनाएअनुसार विराटनगर र भैरहवालगायत थप ४ जनामा काेराेना पुष्टि भएकाे हाे। कुल संक्रमितकाे संख्या ३ सय ५७ पुगेकाे छ। देशभर ३१ वटा जिल्लामा काेराेना संक्रमण फैलिएकाे छ।