बाँझो खेतमा झाडी बढ्यो जंगली जनावरले गंगानगर पिडित

Posted by

गंगानगर, पश्चिम चितवन
लामो समय देखि जग्गा किनेर बाँझो छाडे पछि भरतपुर १३ गंगानगर को चौकी डांडा जंगली जनावरको वासस्थान बनेको छ। पटिहानी उपभोक्ता समिति मध्यवर्ती क्षेत्र मा पर्ने सो वस्ती को करिब १० बिगाहा जग्गा बाँझो रहेको छ। डेढ दशक अघि लम्जुङ्ग का बालकृष्ण गुरुङ ले स्थानीय तिलमाया बराल ,शोभाखर दाहाल लगायतसंग खरिद गरेको राप्ती नदि नजिकको झन्डै पाँच बिगाहा जागा अहिले झाडीमा परिणत भएको छ। त्यस्तै भरतपुर ६ हाल शरदपुर निवासी सुर्य तिमिल्सिना का दाजु भाईले स्थानीय राजु भुजेल र कृष्ण बस्नेत संग खरिद गरेको जग्गा पनि बाँझो नै रहेको छ। त्यस्तै स्थानीय टंक नाथ सिम्खडा र लाल बहदुर भुजेल ले विक्री गरेको जग्गा पनि झाडी बनेको छ। शुरुमा सबैले होटेल व्यवसाय संचालन गर्न भनि जग्गा खरिद गरेको तर २० औं वर्ष सम्म केहि नबन्दा जंगली जनावर बस्ने झाडी बनेको स्थानीय शोभाखर अधिकारीले वताए। सोहि जग्गाको झाडीमा बसेको बँदेल ले आक्रमण गरि २०५६ साल साउन ६ गते स्थानीय गौमाया बिकको ज्यान लिएको थियो।पौष महिना भरि नै सो झाडी मा गैंडा वसेको र पौष ३० गते चितवन राष्ट्रिय निकुञ्ज को हात्ती सहित को टोलि र स्थानीय को सहायता ले गैंडा लखेटे को गिरिराज आचार्यले बताए।जंगली जनावर ले गर्दा राति शौचालय निस्कन पनि अति डर लाग्ने निर्मला दवाडीले पिडा सुनाईन। सवारी दोभानमा तटवन्धन नभएकाले गैंडा सजिलै वस्ती मा प्रवेश गर्ने गरेको छ। खाएर,कुल्चेर वाली पूर्ण रुप भित्र्याउन कहिल्यै पनि नपाइएको शिक्षक शंकर अधिकारीले गुनासो गरे। जग्गा धनि वाल कृष्ण गुरुङ लाइ पटक पटक जग्गा झाडी नबनाउन र केहि संरचना बनाउन आग्रह गर्दा नसुनेको ले स्थानीय आक्रोशित बनेका छन्।
आजै झाडी सफा
लगातार गाउँमै गैंडा वस्न थाले पछि स्थानीय ले जग्गा झाडी परेर बाँझो छाड्ने मध्ये का एक सुर्य तिमिल्सेना लाइ बोलाएर झाडी सफा गर्न लगाएका छन।छिटो भन्दा छिटो संरचना निर्माण गर्न वा निरन्तर खेति गर्न तिमिल्सिना लाइ आग्रह गरेका छन्। साथै वरपरका खाली जग्गा पनि छिटै उपयोग गर्न आग्रह गरिएको छ। लामो समय सम्म पनि झाडी रहयो भने थप कडा कदम चाल्न स्थानीय तयार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *