बाग्लुङको बडिगाड गाउँपालिकामा नेकपाका ढालप्रसाद शेरचन निर्वाचित

Posted by

बाग्लुङ मंसिर १५, २०७६- बाग्लुङको बडिगाड गाउँपालिका वडा–२ मा नेकपाका ढालप्रसाद शेरचन निर्वाचित भएका छन् ।

निर्वाचित शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर रानाले ४१२ मत प्राप्त गरेका थिए । 

यसैगरी, समाजवादीका हरिलाल रानाले ६ मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकामा जम्मा ११३४ मत खसेको थियो जसमा १२ मत बदर भएको थियो ।