बाटुली पोखरी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा ज्ञानु सुनार

Posted by

भरतपुर, चैत्र २१
भरतपुर महानगरपालिका वार्ड नं १३ को बाटुली पोखरी सामुदायिक वन उपभोक्ता समूह को २० औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बाट चार वटा पदाधिकारी सहित पाँच महिला गरी ९ सदस्यीय समिति गठन भएको छ। आज सम्पन्न बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको २० औं बार्षिकोत्सव तथा १० औं अधिवेशनबाट सर्बसम्मत रुपमा अध्यक्षमा ज्ञानु सुनार निर्बाचित हुनुभएको छ । यस्तै समुहको उपाध्यक्ष निशा तिवारी,सचीव कल्पना सापकोटा,कोषाध्यक्ष कल्पना सुनार लगायत नौ सदस्यीय कार्यसमितिमा ५ जना महिला सर्वसम्मत निर्वाचित भएका छन। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन कार्यक्रममा चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले वन,वन्यजन्तु र मानव बिचको द्वन्द न्यूनीकरण गर्न सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथी ढुंगानाले वन,वन्यजन्तु,सम्पदा संरक्षण मार्फत पर्या पर्यटनलाई वृद्धि गरि यस क्षेत्रका जनताको आय आर्जन,जिबिको पार्जनमा सुधार ल्याउन सकिने र जसका लागि सरोकारवाला सबैले हातमा हात बढाएर अघि बढ्नु पर्ने बताउनुभयो ।