बाढीले माडी–ठोरी सडक खण्ड अवरुद्ध

Posted by

चितवन, असार,२७ शुक्रबार ।
माडी–ठोरी सडक खण्ड वर्षाले अवरुद्ध भएको छ । निरन्तरको वर्षाले माडी नगरपालिका वडा नं.३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा आएको बाढीले माडी–ठोरी सडक खण्ड अवरुद्ध बनेको हो । गए राति देखि परेको पानीसंगै आएको बाढीले सो सडक खण्ड खण्ड भएर चल्ने सवारी साधनबीचमै रोकिएका छन् । माडीका कतिपय खोलाहरुमा पुलको अभाव हुदा बर्षातको समयमा समस्या हुनेगरेको छ ।