बानेश्वरमा होस्टलको छतबाट खसेर बालिकाको मृत्यु

Posted by

२९ साउन, काठमाडौं ।
काठमाडौं–३१, बानेश्वरमा होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णको ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो । होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल, मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।थप अनुसन्धान जारी रहेको बताइएको छ ।