बालुवाटारस्थित सुबिसुको कार्यालयमा भीषण आगलागी, करोडौंको क्षति भएको अनुमान

Posted by

बुधबार, २२ साउन, २०७६ काठमाडौं । काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको कार्यालयमा भीषण आगलागी भएको छ ।

विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

अपराह्न पौने १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जुद्ध बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट करोडौं रुपैंया बराबरको क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

पानी दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको थियो ।