बिजय एण्ड ग्रुपद्धारा आयोजित ब्याडमिन्टन भेट्रान्स प्रतीयोगिता सम्पन्न

Posted by


पार्बतीपुर, चैत्र ०८

बिजय एण्ड ग्रुप भरतपुर २१ ,पार्वतीपुरको आयोजनामा प्रथम ब्याडमिन्टन पुरुष डबल प्रतियोगिता ए लेभल / बि लेभल तथा राष्ट्रिय स्तरको भेट्रान्स तथा सुपर भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नेपालीहरुको महान चाड फागु पुर्णिमाको पुर्बसन्ध्यमा आयोजना गरीएको प्रतियोगिता भरतपुर १९ शारदानगरमा रहेको गढिमाई कबर्ड हलमा शनिबार र आईतबार गरी दुई दिनसम्म चलेको थियो । ए लेभलको ब्याडमिन्टन प्रतियोगिता को उपाधि पुर्बी चितवनका राजु थापा र सन्देश बस्नेतको जोडीले हातपार्दा धर्मचोक ब्याडमिन्टन क्लबका राजु सापकोटा र सागर शर्माको जोडि द्धितिय भए । गढिमाई कबर्ड हलका सुरेश कुमार श्रेष्ठ र मनोज थापा काजी तथा किरण लामा र पुस्कर रीमालको जोडिले तितृय स्थान हासिल गर्न सफल भएका छन । प्रथम, द्धितिय र तितृय हुनेले क्रमस नगत ३५ हजार,२० हजार र १० हजार सहित ट्रफि र प्रमाणप्रत्र प्राप्त गरेका छन् । यस्तै बी लेभलको ब्याडमिन्टन प्रतियोगिता को उपाधि पर्शाका लोसन तामाङ र गणेश लामाको जोडीले हात पारेको छ । चितवन जिल्ला ब्याडमिन्टन सघंका एम बहादुर गुरुङ र सचिनको जोडि द्धितिय हुदा गढिमाई कबर्ड हलका क्षिरीङ लामा र चित्र थापा तथा बिष्णु पोख्रेल र भुपेन्द तामाङको जोडि तितृय भएका हुन । आयोजकले प्रथम, द्धितिय र तितृय हुनेलाई क्रमस नगत ३०हजार,२०हजार र १०हजार सहित ट्रफि र प्रमाणप्रत्र प्रदान गरेको छ । आईतबार भएको फाईनल भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि तनहुका कमल राना र देब गुरुङको जोडिले हात पारेकोे छ । चितवन जिल्ला ब्याडमिन्टन सघंका सुरज गुरुङ र शैलेन्द्र प्रधानको जोडि द्धितिय हुदा चितवन जिल्ला ब्याडमिन्टन सघंकै खुस गुरुङ र बिनय श्रेष्ठ तथा अनिल रसाईली र सुवास कर्मचार्यको जोडि तितृय भएका छन् । प्रथम, द्धितिय र तितृय हुनेले क्रमस नगत २५हजार,१५हजार र १०हजार सहित ट्रफि र प्रमाणप्रत्र प्राप्त गरेका छन् । यस्तै सुपर भेट्रान्स अन्तरगत चितवन जिल्ला ब्याडमिन्टन सघंका पुष्प श्रेष्ठ र बिष्णु श्रेष्ठको जोडिले प्रथम हुदै नगत १५हजार सहित ट्रफि र प्रमाणप्रत्र प्राप्त गरेका छन्। द्धितिय भएको गढिमाई कबर्ड हलका इमान गुरुङ र मनोज श्रेष्ठको जोडिले नगत ७ हजार पाचँ सय रुपैँया सहित ट्रफि र प्रमाणप्रत्र प्राप्त गरेका छन् । कार्यक्रम बिजय एण्ड ग्रुपका अध्यक्ष बिजय बहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।