बिजय एण्ड ग्रुप हाउजिङ प्रालिद्धारा क्रिकेट रङगशालाका लागि रु १२ लाख ८१ हजार सहयोग

Posted by

पार्बतिपुर,माघ २६

बिजय एण्ड ग्रुप हाउजिङ प्रालि ले क्रिकेट रङगशाला निमार्ण सयोगार्थ रु १२ लाख ८१ हजार ५ सय ९५ बराबरको भुमिदान गरेको छ । भरतपुर महानगरपालिका २७ तेलौलि बजार क्षेत्रको ०-०-१० क्षेत्रफल बराबरको जग्गा दान गरेको हो । बिजय एण्ड ग्रुप हाउजिङ प्रालि, प्रभाब कन्जुमर कोअपरेटिभ प्रालि, प्रभाब मिडिया प्रालिका अध्यक्ष तथा युबा उध्यमि ब्याबसायि श्री बिजय बहादुर घलेबाट रु ६ लाख, युबा उध्यमि ब्याबसायि समाजसेवि नरहरी घिमिरेबाट ३ लाख ३० हजार ३ सय ४५ ,युबा उध्यमि ब्याबसायि समाजसेवि निर्मल अधिकारीबाट १ लाख ७५ हजार २ सय २५, युबा उध्यमि ब्याबसायि समाजसेवि सालिक दवाडिबाट १ लाख ७५ हजार २ सय २५ रहने गरी दान गरीएको हो ।

चितवनको रामपुरमा निमार्णधिन अन्तराष्ट्रिय क्रिकेट रङगशालाको निमार्ण सयोगार्थ जारी धनधान्यान्चल महोत्सबमा बिजय एण्ड ग्रुप हाउजिङ प्रालि ले जग्गा दान गरेको बाग्मति प्रदेशका सासंद तथा धनधान्यान्चल महोत्सबका सयोंजक बिजय सुबेदिले जानकारी दिएका छन् ।

आईतबार पनि महोत्सबमा भाग लिन र दान गर्न भक्तजनहरुको र दाताहरुको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकले ५० करोड आर्थिक सङकलन गर्ने लक्ष्य लिएको छ । माघ १९ देखि जारी रहेको महोत्सबको भोलि समापन गरीने छ ।