बिशाक्त च्याउ खाँदा मकवानपुरमा एकजनाको मृत्यु

Posted by

मकवानपुर १३ असार २०७६, शुक्रबार  ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका ७ दाराङकी एक किशोरीको बिशाक्त च्याउ खाँदा ज्यान गएको छ। उनकै परिवारका अन्य तीनजना बिरामी परेका छन्।
तीन दिनअघि जंगलबाट खोजेर ल्याइएको च्याउ पकाएर खाँदा बिरामी भएकामध्ये १३ बर्षीया बुन्जीमायाँ प्रजाको मृत्यु भएको स्थानीय धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल घलानले जानकारी दिए।
च्याउ खाएर बुन्जीमायाँकी ४५ बर्षीय बाबु डिबबहादुर चेपाङ, १८ बर्षीय दाइ बच्चालाल चेपाङ र ७ बर्षीय भाई बाल्टा चेपाङ सिकिस्त घाइते भएका छन्। बुन्जीमायाँ कक्षा ६ मा पढ्दै थिइन्। उनको मृत्यु भएपछि मात्रै च्याउ खाएर परिवारका अरु सदस्य बिरामी परेको घटना सार्वजनिक भएको शिक्षक घलानले जानकारी दिए।
बिरामीहरुलाई उपचारका लागि अस्पताल लगिएको राक्सिराङ ७ का वडाध्यक्ष कुलबहादुर प्रजाले जानकारी दिए।