बिहीबार थपिए कोरोनाका ५ सय २५ संक्रमित, थप ४ को मृत्यु

Posted by

काठमाडौं, साउन २९- बिहीबार मुलुकभर कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय २५ संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ९ सय ३४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

विगत २४ घण्टामा ९ हजार ८ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ।

विगत २४ घण्टामा ४ मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। 

मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा, महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा, धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ। 

कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ। मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन्।