बुटवलमा २१ तोला सुनसहित एक जना पक्राउ

Posted by

  जेठ २७, २०७६ सोमबार

रुपन्देही – बुटवलमा २१ तोला सुन सहित स्याङजाका भिमबहादुर भाट क्षेत्री पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार स्याङजा आँधीखोला ६ का ४५ वर्षीय क्षेत्रीलाई २१ ताेला सुन र नगदसहित बुटवलको बसपार्क नजिकैबाट पक्राउ गरिएको हो ।

शंकास्पद रुपमा हिडिरहेका क्षेत्रीमाथी शंका लागेर खोजतलास गर्ने क्रममा २१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

उनलाई राजश्व सम्बन्धी कसुर अनुसार कारवाही हुने प्रहरीले जनाएकाे छ । क्षेत्रीकाे साथबाट प्रहरीले चाँदी र मोबाइल पनि बरामद गरेको छ ।