बेलशहर मध्य्वर्ति सामुदायिक वनद्वारा २५ थान ग्यास चुल्हो वितरण

Posted by

बेलशहर मध्य्वर्ति सामुदायिक वनद्वारा २५ थान ग्यास चुल्हो वितरण
अपिल घिमिरे,०७,श्रावण
चितवन,
विपन्न परिवारलाई दाउराको विकल्प स्वरुप ग्यास चुल्हो वितरण गरिएको छ। भरतपुर महानगरपालिका १३ स्थीत बेलशहर मध्य्वर्ति समुादयिक वनले बुधवार एक कार्यक्रमको आयोजना गरि समुादयिक वनमा सदस्य रहेका २५ विपन्न परिवारलाई ग्यास चुल्हो वितरण गरिएको हो। भरतपुर १३का ५ रवार्ड नम्बर २२ का २ वटा टोल सुधार संस्थाका विपन्नलाई सिलिन्डर सहितको ग्यास प्रदान गरिएको सामुदायिक वनका अध्यक्ष चेत बहादुर रानाभाटले बताउनु भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले सामुदायिक वनको उपभोग गर्दा यसको संरक्षण पनि उपभोक्ताले गर्नु पर्नेमा जोड दिनु भएको छ। ग्यास प्राप्त गर्ने हरुले दाउरा काट्न जंगल जान नपरोस र रुख काट्ने काम नहोस भन्ने उद्देस्यले यसो गरिएको अध्यक्ष महतोको भनाइ रहेको छ।
साविक पटिहानी गाविसका पुर्व उपाध्यक्ष एवं सामुदायिक वनका सल्लाहकार रामजी प्रसाद सापकोटाले सामुदायिक वन गठन प्रक्रियाका चुनौती को स्मरण गर्दै पहिले उजाड वन अहिले हरियाली भएको र यसको संरक्षणमा सबै मिलेर अगाडी बढ्ने हो भने आगामी दिनमा यस वनमा पर्यटकीय गतिविधि बढ्दै जाने र आय आर्जनमा पनि बढाउन सकिने र यसको प्रत्यक्ष लाभ स्थानीय लाइनै हुने बताउनुभयो।
सल्लाहकार संयोजक तथा सामुदायिक वनका पुर्व अध्यक्ष टेक नाथ तिमिल्सिनाले सामुदायिक वन ले स्थानीयलाई गरेको आर्थिक लगानीको सदुपयोग हुन नसकेकोमा चिन्ता प्रकट गर्नु भयो।
भरतपुर १३का जन प्रतिनिधि कुमारी माया लो ले सामुदायिक वनका छेउछाउका वासिन्दाका कारण सामुदायिक वनमा समस्या हुने गरेको र जंगली जनावर बाट पनि उनीहरु नै प्रत्यक्ष पिडित हुनु परेको वताउनुभयो । बिशेष गरि सिमानाका पाँच वटा टोल विकाश संस्थाले वनको संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो। त्यस्तै टोल विकास समितिको तर्फबाट बोल्दै अध्यक्ष हरिकृष्ण सुबेदीले वितरण गरिएका सबै ग्यास हरु को सदुपयोग होस् र उपभोक्ताहरु दाउरा लिन जंगल नजाउन भन्ने कुरामा विस्वस्त रहेको बताउनु भयो।
त्यस्तै आजै सामुदायिक वनले आफ्नो सिमानाका सात वटा टोल विकास संस्था लाइ सरसफाई कार्यक्रमलाइ उत्प्रेरणा स्वरुप नगद रु पाँच ,पाँच हजार समेत प्रदान गरेको छ।
कार्यक्रममा सबै वक्ता हरुले वनको संरक्षण र उपभोग,वन सरसफाई, पर्यटन विकास र ,समुदायमा गरिएको लगानीको सहि सदुपयोग आदि बिषयमा आ आफ्नो धारणा राख्नुभएको थियो।
सामुदायिक वनले गत वर्ष पनि आफ्ना पन्ध्र जान विपन्न उपभोक्ता हरुलाई एक एक थान ग्यास वितरण गरेको र सबैले सहि सदुपयोग गरेको वनले जनाएकोछ।