बेलायती प्रधानमन्त्री बाेरिस जाेनसाेन अस्पताल भर्ना

Posted by

चैत २४, २०७६ सोमबार – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बाेरिस जाेनसाेनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।

अमेरिकाको न्यूयोर्कमा रहेको ब्रोन्क्स चिडियाघरमा रहेको एउटा बाघमा पनि कोरोनाकाे सङ्क्रमण देखिएकाे पुष्टि भएको छ । चार वर्षकाे पोथी बाघमा कोरोना भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।