चितवन, ११ कात्तिक, रामपुर ब्याटमिन्टन समितिले शुभदिपावलि तथा छठ पर्बको अवसरमा आयोजना गरेको खुल्ला तथा भेट्रानस ब्याटमिन्टन प्रतियोगितामा आयोजक रामपुर ब्याटमिन्टन समिति प्रथम भएको छ । फाइनल प्रतिशप्रर्धामा मेघौलि ब्याटमिन्टन समितिलाई २१-१२ र २१-१४ को सोझो सेटमा पराजित गर्दै आयोजक रामपुर प्रथम भएको हो ।यस्तै भेट्रानस तर्फ हेम बहादुर तामाङ र सोम पाख्रिनको टिम प्रथम भएको हो ।यही आईतबार देखि आयोजित कार्यक्रमको आज फाइनल खेलसंगै समापन गरिएको थियो । रामपुर कबर्डहलमा आयोजित कार्यक्रममा ३२ टिमको सहभागिता रहेको थियो ।प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै युबा ब्याबसायि तथा समाजसेवि बिजय बहादुर घलले युबाहरुलाई खेलकुदप्रति रुची जगाउन खेलकुद प्रतियोगिता आबश्याक हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका घलेले खेलकुदको माध्यमबाट देश बिकासमा जुटन युबाहरुलाई आग्रह गर्नुभयो ।