सुदिप देवकोटा,
१३ असार, २०७६ शुक्रबार चितवन
एसईई को परिणाम आए लगत्तै ब्राइट स्टार अा.मा.वि पटिहानी ले आफ्ना बिधार्थीहरु लाई बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजना गरिएको कार्यक्रममा बिध्यालय का प्राचार्य ईश्वर बहादुर अधिकारी ले खादा र सह प्राचार्य बिष्णु घिमिरेले टिका प्रदान गरि सफल बिधार्थीहरु लाई बधाइ दिनु भएको थियो । २०७५ को एसईई परीक्षामा ६५ जना सहभागी भएका थिए जस्मा १४ जना बिद्यार्थीहरुले A+ , १४ जनाकोनै A, २१ जना बिधार्थीहरुले B+ र ११ जनाको B तथा ५ जनाको C ग्रेड आएको छ । बिगत २५ बर्ष देखि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल यस बिध्यालय पश्चिम चितवनको स्थापित बिध्यालय हो।