ब्रेक फेल भएर बस दुर्घटना, २५ जना घाइते

Posted by

  • बुधबार, ८ जेष्ठ, २०७६
news

अर्घाखाँची, जेठ ८ । अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर बुटवलतर्फ  फर्कँदै गरेको बस मंगलबार साँझ दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 

लु१ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटामा दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस पुलमाथि पुगेपछि ब्रेक फेल भई अनियन्त्रित भएको बताइएको छ । यात्रुका अनुसार बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका थिए ।