भरतपुरका सिजन बज्राचार्य एक हप्तादेखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

Posted by

 

भरतपुर, चैत २४- भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया सिजन बज्राचार्य सम्पर्क विहिन भएका छन् ।  यही चैत १३ गते शुक्रबार दिउँसो करिब १२ बजेदेखि परिवारको सम्पर्कमा नआएको परिवार स्रोतले जनाएको छ । धेरै दिन सम्म पनि घर नआएपछि खोजी गरिदिन परिवारले आग्रह गरेको हो ।  सिजनको घरमा दुई महिनाको छोरा र सात वर्षकी छोरी छन् । भरतपुर–२ क्षेत्रपुर निवासी ४० वर्षीया सिजन बज्राचार्य सम्पर्कविहीन भएपछि उनको परिवारले खोजी गरिदिन आग्रह गरेका हुन् । ।

घरपरिवारसँग कुनै खालको समस्या नहुँदा पनि एक्कासि सम्पर्कविहीन भइदिँदा परिवारमा थप पीडा भएको श्रीमती सविना गुभाजुले बताइन् । सिजनको परिवारले यतिका समयसम्म सबै ठाउँमा खोजी गरे पनि सम्पर्कमा ल्याउन नसकेको हुँदा सञ्चारमाध्यममार्फत खोजी गरिदिन आग्रह गरेकी हुन् ।