भरतपुरको चौबिसकोठीमा शंकास्पद ६ भारतीय भेटिए

Posted by

४ जेष्ठ २०७७, आईतवार: कोरोना भाइरसको त्रास बढिरहेको बेला भरतपुरको चौबिसकोठीमा ६ जना भारतीय नागरिक आइपुगेका छन् । उनीहरुले काठमाडौंबाट ट्रकमा चढेर आएको र नारायणगढको पुलचोकमा झरेको बताइरहेका छन् ।

काठमाडौंमा मजदुरी गर्ने बताउने उनीहरुले काम नभएपछि ठोरी हुँदै विहारको नरकटियागञ्ज जान लागेको बताएको त्यहाँ रहेका कायाकैरनकर्मी राजेश घिमिरेले बताएका छन् । उनीहरुले आफूसँग रहेको भारतीय आधार कार्ड प्रहरीलाई देखाएको घिमिरेले जानकारी दिए ।

उनीहरुले आफूहरु सीमा पार गर्ने गरी ट्रक चढेको र ट्रकले पुलचोकमा छोडिदिएपछि पैदलै जान लागेको बताएका छन् ।

“काठमाडौंमा सिलाइको काम गथ्र्यौं”, उनीहरुमध्ये एकले भने, “काम पाउन छोडियो, बसेर खान अप्ठ्यारो भयो, अनि घर जान हिँडेको ।”

सीमा बन्द भएको जानकारी भए पनि जे होला–होला भनेर हिँडेको उनीहरु बताउँछन् ।

उनीहरुसँग प्रहरीले थप सोधपुछ गरिरहेको छ ।