भरतपुरको तोरीखेतमा एक पुरुषको शव फेला

Posted by

चितवन, जेठ ८-

भरतपुर महानगरपालिका–५ तोरीखेतमा बुधबार बिहान एक बेवारिसे शव फेला परेको छ ।

अन्दाजी ४० देखि ४५ वर्षको पुरुषको शव सडेको, गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । शवको पहिचान हुन बाँकी रहेको जिप्रका चितवनले जनाएको छ ।