भरतपुरको पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन,तीनवटा गाडी तोडफोड, ११ प्रदर्शनकारी पक्राउ

Posted by

रवि लामिछानेको समर्थनमा उत्रिएका प्रदर्शनकारीहरु दिनप्रतिनिधि उग्र बन्दै गएका छन् ।

उनीहरुले अहिले पनि भरतपुरको मुख्य राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले आगो निभाउन हम्मे हम्मे परिरहेको छ । प्रदर्शनकारीहरुले चितवन मेडिकल कलेज अगाडि, भरतपुर एयरपोर्ट अगाडिलगायतका क्षेत्रमा टायर बालिएको थियो । यसैबीच प्रहरीले ११ जना प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।

आत्महत्या दुरुत्साहनको मुद्धा खेपिरेहका सञ्चारकर्मी रबि लामिछानेका समर्थकले भरतपुरमा आजपनि प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा बाईपासरोडमा ना ४ ख ४३२५ र ना ६ ख ४२७१ नम्वरको ट्रक तोडफोड भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यसै गरी ना १ ज ७०६९ नम्वरको म्याजिक तोडफोड भएको छ ।


मालपोत चोकदेखि चौविसकोठी , दुरसञ्चार रोड ,अस्पताल रोड सहित जिल्ला प्रहरी कार्यालय र अदालत आसपासमा निषेधाज्ञा जारी भए पछि आज चौबिसकोठीवाट हाकिमचोक हुदै बाईपास रोडसम्म प्रदर्शनकारी आएका थिए ।
बाईपासरोडमा प्रहरीले अश्रुग्यास सहित लाठी प्रहार गरेर प्रहरीले तितरबितर पारेको थियो ।