भरतपुरको सब्जी मण्डीमा भारतीय आइचर गाडीमा तोडफोड

Posted by

चितवन २६ असार २०७६, बिहीबार । चितवनको भरतपुर महानगरपालिकाको क्षेत्रपुरमा रहेको सब्जी मण्डीमा भारतीय आइचर गाडीमा तोडफोड भएको छ । आज विहान ३:१० बजेको समयमा तरकारी बोकेर आएको युपि ४१, २६९१ नम्बरको भारतीय आइचर गाडीमा तोडफोड भएको छ भने आगजनि गर्ने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कुटीमा आएको २ जनाले गाडीमा इटटाले हानेको र मिनिरल वाटरको बोटलमा ल्याएको पेट्रोल छर्के पछि सब्जी मण्डीमा अन्य ब्यापारी आएको देखेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । तोडफोडबाट अगाडीको शिशा लगायतका भाग फुटेछ भने मानबीय क्षति नभएको प्रहरीले जनाएको छ । भारतीय तरकारी आएको विरोध गरीरहेका समुहले तोडफोड गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।