भरतपुरमा दोस्रो ल्होछार कप फुटबल हुँदै

Posted by

पुस १७ , चितवन : भरतपुरको टाईगरचोक युथ क्लबको आयोजनामा ‘दोस्रो ल्होछार कप २०७६’ हुनेभएको छ । क्लबले बुधबार एक पत्रकार सम्मेलन गर्दै दोस्रो ल्होछार कप पौष २० गतेदेखी शुरु हुने जानकारी दिएको हो ।

माघ ७ गतेसम्म हुने प्रतियोगितामा चितवन र मोफसलका उत्कृष्ट क्लबहरु सहभागी हुने आयोजक टाईगर युथ क्लबका अध्यक्ष देवराज तामाङले जानकारी दिए ।

नक आउटको आधारमा हुने प्रतियोगितामा चितवन यस आसपासका जिल्लाका गरी कुल १६ टोली सहभागी हुने तामाङले बताए । प्रतियोगितामा आयोजक टाइगरचोक युथ क्लबसँगै मनहरी ११,महोतरी ११, ढुडेनी फुटबल क्लब, नयाँ बस्ती क्लब, एभरेष्ट क्लब बसेनी, काली बहादुर गण भरतपुर, बुद्द एफ सी, भरतपुर फुटबल क्लब, युनिक एफ सी, अभिषेक चर्च रजहर, जुनियर प्रहरी शिक्षालय भरतपुर, पानस फुटबल क्लब र सौराहा फुटबल क्लबको सहभागीता रहनेछ ।

सहभागी टिमहरुलाई २ समुहमा बिभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा मनहरी ११ र महोतरी ११ भिड्नेछन् ।प्रतियोगिताको बिजेताले १ लाख १११ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार १११ मा चित्त बुझाउनेछ ।यस्तै बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताभरकै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र गोलरक्षकले जनही पाँच९पाँच हजार रुपैँया प्राप्त गर्नेछ । प्रतियोगिताको तयारी तिब्र गतीमा भईरहेको आयोजकले जनाएको छ छ ।

यस अघी पहिलो संस्करणमा जुनियर प्रहरी शिक्षालय भरतपुरको टोली बिजयी भएको थियो भने कालीबहादुर गण ब्यारेक भरतपुर उपबिजेता बनेको थियो । गत बर्ष बिजेतालाई ५० हजार तथा उपबिजेतालाई २५ हजार नगद पुरस्कार रहेको थियो । यस बर्ष पुरस्कार राशी दोब्बर बनाईएको छ ।