भरतपुरमा प्रहरी र प्रदर्शनकारीविच फेरी झडप, एक राउण्ड अश्रुग्याँस प्रहार

Posted by

२०७६, शनिबार चितवन, साउन ३२ – बिहानै देखी तनावग्रस्त रहेको भरतपुरको अवस्था अहिले सम्म पनि उस्तै रहेको छ । भरतपुरमा बिहानै देखी रवि लामिछानेका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । यस्तै बिहानै देखी बारम्बार प्रहरी र प्रदर्शनकारीहरु बिच झडप पनि भईरहेको छ ।

यसै क्रममा आज अपरान्ह फेरी प्रहरी र प्रदर्शनकारीहरु बिच झडप भएको छ । आज अपरान्ह ५ बजे फेरी प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउने क्रममा दुबै पक्षविच झडप भएको हो । झडप भए स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । यस्तै प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज समेत गरेको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि ठुलो संख्यामा प्रहरी र शशस्त्र प्रहरी तैनाथ गरिएको छ ।