भरतपुरमा मोटरसाइकल दुर्घटना : दुईजनाको मृत्यु

Posted by

असार १२, २०७६ चितवन : भरतपुरमा मोटरसाइकल दुर्घटना हँदा दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १८ का २८ वर्षीय रामचन्द्र गौडाल र १७ वर्षीय राजन भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधबार साँझ भरतपुर १८ भेटघाट चोकस्थित बाबुराम चोकबाट भेटघाट चोकतर्फ गइरहेको ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै चालक गम्भीर घाइते भएका थिए।  उपचारका क्रममा बुधबार बेलुकी दुवैकोमृत्यु चितवन मेडिकल कलेजमा भएको प्रहरीले जनाएको छ।