भरतपुरमा रवि समर्थित प्रदर्शनकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार,अस्मिता कार्कीको बयान सकियो, रवि र युवराजको भोलि

Posted by

चितवन, भदौं ८-

रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय अगाडि भइरहेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । केहीबेर अघि भीडलाई तितरवितर बनाउन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो । अहिले भीड घट्दै गएको छ ।

अस्मिता कार्कीको बयान सकियो, रवि लामिछाने र युवराज कँडेलको बयान भोलि

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीको आज चितवन जिल्ला अदालतमा बयान लिइएको छ ।

अस्मिता कार्कीको बयान सकियो, रवि लामिछाने र युवराज कँडेलको बयान भोलि

सरकारी वकीलको कार्यालयले आज आत्महत्या दुरुत्साहन अभियोगमा मुद्धा दर्ता गरेपछि अभियुक्तहरुको बयान लिन सुरु भएको हो । सो क्रममा आज पहिलो बयान अस्मिता कार्कीको लिइएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले आज समय अभावका कारण बाँकी दुई जना रवि लामिछाने र युवराज कँडेलको भोलि विहान १० बजेबाट बयान लिइने जानकारी दिए । दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।