भरतपुरमा सवारी दुर्घटना, २० जना घाइते

Posted by

असार ७, २०७६ चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३०९९ नम्बरको बस ठोक्किएका हुन्।  घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।