भरतपुरमा सुरु भयो भुकम्प प्रतिरोध घर बनाउने तालिम

Posted by

अपिल घिमिरे,भरतपुर, माघ १२

भरतपुर महानगरमा पहिलोपटक भुकम्प प्रतिरोध भवन निर्माण सम्बन्धि डकर्मी तालिम सुरु भएको छ । भरतपुर महानगरपालिका को आयोजनामा तालिम संचालन गरिएको हो। तालिम यहि माघ १२ गते देखि १६ गते सम्म वडा नम्बर २२ को थारु कल्याणकारिणि सभाहलमा संचालित रहनेछ । पश्चिम चितवन भवन निर्माण श्रमिक समितिका करिब ३५ जना प्रशिक्षार्थीले प्रशिक्षण लिने भएका छन्। प्रशिक्षणको उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका का इन्जिनियर सुर्य प्रकास लामाको उपस्थिति रहेको थियो।इन्जिनियर लामाले तालिम आबधिभर सक्रिय सहभागिता जनाई तालिम लिन र प्राप्त तालिम अनुसार फिल्डमा काम गर्न प्रशिक्षार्थीलाइ सुझाएका थिए।

भरतपुर महानगरका इन्जिनियर बिजय राज न्यौपाने,शिबहरि अधिकारी,प्रशिक्षक रबि थापा मगर,किरण ज्यु,सब इन्जिनियर सुदिप केसी,गणेश तिमिल्सेना ले प्रसिक्षण दिने जनाइएको छ। प्रशिक्षण अवधिभर अभ्यास तालिम अन्तर्गत भुकम्प प्रतिरोध घर निर्माणका अभ्यासहरु गराइने प्रशिक्षार्थी एवं पश्चिम चितवन भवन निर्माण श्रमिक समितिका सचिव बिनोद जैसवाल र उपाध्यक्ष बिनोद महतोले बताए ।

जस अन्तर्गत रडको काम,जोडाइ,प्लास्टर आदि रहनेछन।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर वार्ड नम्बर२२ का कार्यबहाक वाडाध्यक्ष सोम गुरुङ ,वार्ड नम्बर ६ का सदस्य देव मित्र पण्डित को उपस्थिति रहेको थियो।कार्यक्रममा लोक बहादुर ढुंगाना ले स्वागत मन्तब्य राखेका थिए। उद्धघाटनसत्र पश्चिम चितवन भवन निर्माण श्रमिक समितिका अध्यक्ष बिफन थिङ्ग को सभापतित्वमा सम्पन्न भएको थियो।