चितवन – चितवनको भरतपुर महानगरपालिकामा पौष २८ र २९ गते १८ वर्षमाथिकालाई कोरोना भाइरसविरुद्धको खोप दिईने भएको छ ।
उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनेका र भेरोसेल खोपको पहिलो मात्रा दिईने महानगरको जनस्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए । यस्तै पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउनुपर्ने समय अवधि पुरा भएकाहरुलाई पनि खोप दिईने उनले बताए ।
महानगरका २९ वटै वडाका खोप केन्द्रमा दुई दिन खोप अभियान चल्ने सुवेदीले जानकारी दिए । यस्तै मातृ शिशु क्लिनिकबाट विदेश जाने भिषा भएका नागरिकलाई पौष २९ गते बिहीबार जोन्सनको खोप पनि दिईनेछ ।
खोप अभियान बिहान १०:३० देखि २:३० सम्म सञ्चालन हुनेछ । पहिलो खोप लगाउनका लागि नागरिकता वा उमेर खुल्ने परिचयपत्रसहित सम्बन्धित खोप केन्द्रमा सम्पर्क गर्न महानगरको जनस्वास्थ्य शाखाले आग्रह गरेको छ ।