बुधबार, १५ जेठ २०७६,
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर– २६ मा १८ वर्षीय मिलन तामाङ्गले आत्महत्या गरेका छन् ।
भरतपुर २६ रोदी गाउँमा रहेको अण्डाको क्रेट बनाउने उद्योगमा काम गर्दै आइरहेका भरतपुर २० स्थायी ठेगाना भएका तामाङ्ग सोही उद्योगको कोठामा श्रीमतीसहित बस्दै आएका थिए ।
मङ्गलबार दिउँसो श्रीमती सुति रहेका बेला तामाङ्गले सोही कोठाको डन्डीमा सलको पासो बनाइ झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।