भरतपुर अस्पतालबाट १६ संक्रमित डिस्चार्ज

Posted by

असार २८, २०७७ आइतबार भरतपुर –

कोरोना निको भएर भरतपुर अस्पतालबाट आज १६ जना डिस्चार्ज हुँदै छन् । कोरोना संक्रमण भएर अस्पतालको आइसोलेसनमा उपचाररत रहेका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज गर्न लागिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

निको हुनेहरुमा भरतपुरका १० जना छन् भने खैरहनी, कालिका र राप्ती नगरपालिकाका एक/एक जना र कैलाली, झापा र गोर्खा जिल्लाका एकएक जना छन् । अब भरतपुर अस्पतालको आइसोलेसनमा २६ जना कोरोना संक्रमित उपचाररत रहेको पौडेलले वताए । उनीहरुको अर्को हप्ता पिसिआर परिक्षण हुने उनले जानकारी दिए ।