भरतपुर अस्पतालबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज

Posted by

चितवन, सोमबार, असार २२, २०७७ –
चितवनको भरतपुर अस्पतालबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार, चितवन र नवलपुरका ७ जनालाई आईतवार डिस्चार्ज गरिएको हो । 

केही पीसीआर नतिजा नेगेटिभ आएपछि केहीका १४ दिनसम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।  सात जना मध्ये ३ जना घर गइसकेका छन् ।  बाँकी चार जना सोमबार जाने तयारीमा रहेको अस्पतालका सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो । सात जना डिस्चार्ज भएपछि अस्पतालमा अव ४३ जना उपचाररत रहेका छन् ।  अहिलेसम्म भरतपुर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २९ पुगेको छ । 

यसअघि अस्पतालबाट उपचार पाएर २२ जना संक्रमित फर्किएका थिए । दुई जनाको मृत्यु भइसकेको छ । भरतपुर अस्पतालमा अहिलेसम्म ७४ जना कोरोना संक्रमितले उपचार गराएका छन् । त्यसमध्ये ५५ विरामी विभिन्न स्थानबाट रेफर भएका आएका थिए भने, १९ जनाको भरतपुर अस्पतालमा नै कोरोना पुष्टि भएको सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो । 

पछिल्लो समय भरतपुर अस्पतालले विश्व स्वास्थ्य संगठन र डब्लुएचओको गाइडलाइन अनुसार लक्षण नदेखिएका र १४ दिन कटेकाहरुलाई डिस्चार्ज गर्ने गरेको छ ।