भरतपुर क्रिकेट क्लबको सल्लाहकार समिति संयोजकमा सुदिप सुवेदी

Posted by

सुदिप देवकोटा चितवन, साउन १२ २०७६ – चितवनमा क्रिकेटको विकाश र खेलाडी उत्पादनमा उल्लेखनिय भुमिका निभाउदै आएको अग्रणी क्लब भरतपुर क्रिकेट क्लब सल्लाहकार समिति संयोजकमा समाजसेवी सुदिप सुवेदी क्लबको विधानअनुसार सर्वसम्मतीले चयन हुनुभएको छ ।

आज क्लबका अध्यक्ष अनिल अधिकारीले एक विज्ञप्ति जारी गर्दै सुवेदीलाइ सर्वसम्मतीले संयोजक भएको जानकारी गराउनु भएको हो । यसअघि यस क्लबले नेपालकै पहिलो मेयर कप क्रिकेट लगायत अन्तर कलेज, अन्तर स्कूल, तथा अन्तर क्लब क्रिकेट प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरेको छ ।
यस क्लबले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्नुका साथै नेपाल तथा चितवनकै खेलकुद विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको राष्ट्रिय खेलाडी तथा क्रिकेट प्रशिक्षक अनिल अधिकारी ले जानकारी दिनुभयो । क्लबले आगामी दिनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोगको लागि च्यारिटी इभेन्टका लागी उपाध्यक्ष सुशिल घिमिर को संयोजकत्वमा सात सदस्य आयोजक समिती पनि गठन गरेको छ यसैबिच मनसुन को समाप्ति संगै भरतपुर महानगरपालिका संग समन्वय गर्दै भरतपुर क्रिकेट क्लबले दुइ हप्ते क्रिकेट प्रशिक्षण शिविर पनि संचालन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।