भरतपुर प्रयोगशालामा परीक्षण गरिएका ३ जनामा कोरोना पोजेटिभ,पुष्टि हुने तीनै जना नवलपुरका

Posted by

शनिबार, जेठ २४, २०७७, चितवन- चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बिहिबार परीक्षण गरिएका १ सय ७४ नमुना मध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि हुने तीनै जना नवलपुरका रहेका छन् । 

नवलपुर विनय–त्रिवेणी गाउँपालिका – ४ का १८ र २७ वर्षीय पुरुष र –३ का १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरु तीनै जना भारतबार आई विनय–त्रिवेणीको क्वारेन्टाईनमा बसेका थिए ।

बाकिँ १ सय ७१ जनाको नमुना परिक्षणको नतिजा भने नेगेटिभ अस्पतालले जनाएको छ ।