भरतपुर बिहानै तनावग्रस्त, रविका समर्थक र प्रहरीविच झडप, चार राउण्ड अश्रुग्याँस प्रहार

Posted by

चितवन, साउन ३२ – भरतपुर बिहानै तनावग्रस्त भएको छ । प्रदर्शनमा उत्रिएको रवि लामिछानेका समर्थक र प्रहरीविच बिहानै देखी झडप भईरहेको छ । प्रदर्शनकारीहरुले प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीमा ढुङ्गा हानेर तोडफोड गरे पछी झडप भएको हो ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । यस्तै प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज समेत गरेको छ । अझै पनि झडप हुन सक्ने सम्भावना देखिएकोले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।