भरतपुर महानगरको बजेट सार्बजनिक, ३ अर्व ३७ करोड ३१ लाख १७ हजार विनियोजन

Posted by

चितवन , असार १०
भरतपुर महानगरपालिकाको चौथो नगरसभा आज(मंगलबार) भरतपुरमा सुरु भएको छ । आर्थिक वर्ष २०७६÷०७७का लागि निति तथा कार्यक्रमहरु प्रस्तावित गर्ने नगर सभाको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको हो ।

भरतपुर महानगरपालिकाले महानगरको विकासका लागि एक सय ९५ बुँदे नीति तथा कार्यक्रमहरु प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षका लागि भरतपुर महनगरपालिकाले ३ अर्व ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अन्तरसरकारी अख्तियारबाट ६० करोड र आन्तरिक आयबाट ८० करोड रुपैयाँ संकलन हुने महानगरपालिकाको अनुमान रहेको छ ।

महानगरका २९ वटा वडालाई ३३ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । पुर्वाधार तर्फ ४७ करोड, ७४ लाख १० हजार, उद्ययमशिल एरियाका लागि १९ करोड ७२ हजार, शिक्षा क्षेत्रमा ८ करोड ९६, स्वास्थ्य ८ करोड ६३ लाख, विपत व्यवस्थापनका लागि ८ करोड, अपाङ्ग, दलितहरुका लागि ४ करोड ३१ लाख, खेलकुद क्षेत्रमा ६ करोड रुपैयाँ छुट्टाईएको छ । सुसाशन तथा विकासका लागि ३ करोड ४५ करोड विनियोजन गरिएको छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरीय बहुउद्देश्यीय सभाहल एवं व्यापारिक भवन, बहुतले प्रशासनिक भवन, नारायणी नदीमा समुन्द्रि किनार मोडेलको विकास, अटोल्याण्ड, महानगरीय नमूना सडक जस्ता आयोजनालाई महानगरले आफ्नो निति तथा कार्यक्रमको प्रमुख प्राथमिकतामा राखेको छ ।
्यस्तै क्लिन भरतपुर, ग्रीन भरतपुर भन्ने मुल नारालाई आत्मसात गर्दै मापदण्ड पुगेका सडकको दायाँबायाँ बृक्षारोपण गर्ने महानगरले नीति लिएको छ ।

महानगरपालिका भित्रका सार्वजनिक जग्गाको अभिलेखीकरण राख्ने विषयलाई पनि महानगरले आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्यलाई निरन्तरता दिई केन्द्र र प्रदेश सरकारसँगको समन्वयमा आवश्यक समाधान गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।