भरतपुर महानगरपालिका वडा नं. २१ को आर्थिक वर्ष २०७५/२०७६ महिला लक्षित कार्यक्रम अन्तर्गत ७५ दिने कम्प्युटर तालिम तथा ७ दिने च्प्पल तालिम समापन कर्यक्राम

Posted by


सुदय लामिछाने
असार २०, २०७६ चितवन,


यस भरतपुर महानगरपालिका वडा नं. २१ को आर्थिक वर्ष २०७५/२०७६ महिला लक्षित कार्यक्रम अन्तर्गत ७५ दिने कम्प्युटर तालिम तथा ७ दिने च्प्पल तालिम आज समापन भएको छ । यस कार्यक्राममा सभापति पार्वतिपुर महिला समुह का अध्यक्ष पुष्पा सुवेदी ले गर्नु भएको थियो भने यस कार्यक्रम का प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष चित्रसेन अधिकारी ले गर्नुभएको थियो । साथै यस कार्यक्रम को सञ्चालन सुनिता रेग्मी ले गर्नु भएको थियो। यस कार्यक्रम का अतिथिहरुलाई फुलगुच्छा वितण बबिता रेग्मी र अम्बिका अधिकारी ले गरेका थिए।

यस कार्यक्रम मा च्प्पल तालिम का सहभागी तर्फ गंगा श्रेष्ट ,च्प्पल तालिम का प्रशिक्षक सुस्मिता थापा मगर, कम्प्युटर का सहभागी सरस्वती सुबेदी गीरी , कम्प्युटर प्रशिक्षक दिपक लामिछाने, वडा दलित वडा सदस्य फुलकुमारी परियार, वडाका सदस्य राजु तमाङ र भरतपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष चित्रसेन अधिकारी ले मन्तव्य राख्नु भएको थियो भने धन्यवाद मन्तव्य भरतपुर महानगरपालिका वडा नं. २१ का वडा सचिव पञ्चमाया तमाङ ले राख्नुभएको थियो।

तालिम मा सहभागी हुने सबै जनालाई प्रमुख अतिथि लगायत सबै अतिथि हरु द्वारा प्रमाण पत्र वितरण गरीएको थियो भने साथ मा कम्प्युटर तर्फ ५ जना उत्कृष्ट विद्यार्थी लाई कम्प्युटर कक्षा को सहयोगमा पुरस्काए प्रदान गरीएको थियो।