भरतपुर महानगरले सिटीहल निर्माण प्रक्रिया अघि बढायो

Posted by

चितवन, साउन १०–
भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताइन् । महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाहा जग्गामा सिटीहल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गाप्राप्तिका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने तयारी भइरहेको उनले बताइन् । नेपालमा अहिलेसम्म निर्माण नभएको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न सिटीहल निर्माण गरिने जस्मा पाँच हजार मानिस अट्नसक्ने ठूलो हल र अरु सानाहल, पार्किङ, फुडल्याण्ड, बगैँचा समेत रहने महानगर प्रमुख दाहालको भनाइ थियो ।