चितवन १२, असार २०७७ शुक्रबार । भरतपुर अस्पताल काेभिड १९ प्रयाेगशालामा आज गरिएको परिक्षण मा ३४ जनामा काेराेना पुष्टि भएको छ ।
अस्पतालले निकालेकाे सुचना अनुसार परिक्षण गरिएका २१४ वटा नमुना मध्ये ३४ पाेजेटिभ र १८० नेगेटिभ रहेका छन् । जस्मध्य चितवन माडिका ९ जना पुरुष, रत्ननगरकि १ जना महिला, भरतपुर-१६ का १ जना पुरुष, भरतपुर -१५ का १ जना महिला गरि चितवनमा १२ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
त्यस्तै गैडाकाेटका ७ जना पुुरुष, कावासाेतिका १४ जनामा पाेजेटिभ देखिएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गाेदावरी का एकजना पुरुष पनि पाेेजिटिभ भेटिएका छन् ।