भरतपुर विमानस्थलको धावनमार्ग मर्मतको काम तीव्र

Posted by

  •  सोमबार, २७ जेष्ठ, २०७६

चितवन । चितवनको भरतपुर विमानस्थलको धावनमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ ।

विमानस्थलको धावमार्गमा पिच थप्ने र विमानको पार्किङ क्षेत्र विस्तारको काम तीव्र गतिमा अघि बढेको हो ।

त्यसका लागि दिउँसो केही समय उडान बन्द गरेर काम भइरहेको हो ।

हरेक दिन दिउँसो ३ बजेदेखि भोलिपल्ट बिहान ९ बजेसम्म विमानस्थल बन्द गरेर मर्मतको काम अघि बढाइएको भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रवन्धक एवम् सूचना अधिकारी दिपक विकले जानकारी दिए ।

जेठ १५ गतेदखि सुरु गरिएको निर्माणको काम असार १५ गतेभित्र सक्ने लक्ष्य कार्यालयले लिएको छ ।

९ करोड ९८ लाख रुपैयाँमा विमानस्थल मर्मत र विस्तारको काम भएको कामका लागि अहिले दैनिक ५० जनाभन्दा बढी मजदुर खटिएका छन् ।