भरतपुर १३को बटुली पोखरी र छितामाइमा पर्यटन गतिबिधि छैन। कसले दिने हो चासो ?

Posted by

अपिल घिमिरे कुनै बेला अन्तरिक र बिदेशी पर्यटक हरुको गन्तब्य बनेको छितामाई र बाटुली पोखरी ताल झन्डै सुनसान छ। हुनत यो क्षेत्र हो हल्ला गर्ने र सेल्फी मात्र खिच्ने पर्यटक भन्दा पनि शान्त वातावरण मा प्राकृतिक मनोरम दृश्य संग रमाउन खोज्ने पर्यटकहरुको लागि उपयोगी स्थान हो। बाटुली पोखरीमा डुंगा सयर गरेर विभिन्न प्रजातिका चरा र बन्यजन्तुको अवलोकन गर्न सकिन्छ। बाटुली पोखरी मध्यवर्ती सामुदायिक बन भित्र पर्ने यो पोखरी भरतपुर महानगरकै सुन्दर पोखरी मा पर्दछ। केहि वर्ष पहिला डुंगा संचालनमा आए पनि अहिले पहिलाको जस्तो छैन। अहिले त ताल पनि विभिन्न झारले भरिएको छ। यसको प्रचार प्रसार खासै भएको देखिदैन। २०७५ सालमा योङ्ग नेपाल भन्ने संस्था को आयोजनामा बाटुली पोखरी काव्य उत्सवको आयोजना भएको थियो। त्यस पछि यसकै प्रचारको लागि भनेर कसैले पहल गरेको देखिदैन।
थारु आदिवाशी को संस्कृति ले महत्वपुर्ण मानिने छितामाइ पनि यसै यसै ओझेलमा परेको छ। २०७१ साल देखि संचालनमा आएको सितामाइ मेला पनि बीच बाटोमा नै हरायो। छितामाइ खोल्सहर जीप सफारी पनि निकुञ्जले रोक लगाए पछि कुनै चहलपहल छैन। २०६८ सालमा आयोजना गरिएको पटिहानी महोत्सवले यस क्षेत्रको निकै उचाइ लिएको थियो। गत वर्ष १३ नं वार्ड ले आयोजना गरेको राइनोकुञ्ज पर्यटन मेलाबाट अपेक्षित कुनै लाभ देखिएन।यस वार्ड भित्र पर्यटन समिती समेत बनेर काम गरेको अवस्था छैन। यसै वार्डको पृथ्वी नगरमा भने आकर्षक कमलपोखरी तथा दुर्गा मन्दिर बनेको छ। गंगनागरको दुली गौडामा भ्यु टावर बन्ने कुराको कुनै गति छैन। बेल शहर सामुदायिक वन का अध्यक्ष चेत बहादुर रानाभाट का अनुसार राप्तीको वगरमा कंक्रिटको टावर बन्दै गरेको भए पनि पुरा नभएको बताउछन् । पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले छितामाई सांस्कृतिक र प्राकृतिक रुपमा सुन्दर भए पनि प्रचार का लागि गुरु योजना बनाउन सुझाब दिन्छन। महतो आफै पनि यस क्षेत्र मा गोही वासस्थान सुधारमा लागेका छन् भने बाघको लागि वेत घरि आवस्यक देखेका छन्। पटिहानी उपभोक्ता समितीले विभिन्न टावर र काठे पुल निर्माण गरेको छ। सिमल गैरी क्षेत्रमा सामुदायिक वन बन्नु भन्दा पहिलेनै खाजा घर हरु संचालित रहँदै आएका छन्।

मन्जिल रेष्टुरेन्ट एण्ड लज ,सिमलगैरी

दिउँसो सजिलै मृग ,बनेल र गैंडा देख्न सकिन्छ। स्थानीय हरु पनि पर्यटन र वातावारण मैत्री बन्नु पर्ने देखिन्छ। राष्ट्रिय निकुञ्ज र वन्य जन्तु नजिक वस्ती भएकाले कृषि र पर्यटन संगै लैजान गार्हो हुने निकुञ्जका अधिकारिहरु बताउछन्। नजिक जंगल हुँदा वन्य जन्तुको असर भने पक्कै छ तर हामीलाई पर्यटन को आधार बन्ने यिनै जनावर हुन्। तशर्थ यो जटिल प्रक्रिया मा कृषिमा आधारित दैनिकी भन्दा बिस्तारै पर्यटन मुखी उद्योग तर्फ उन्मुख हुन् आवस्यक देखिन्छ। राज्यको आर्थिक स्रोत को गतिलो क्षेत्र पर्यटन पनि भएकाले यसलाई प्राथमिकतामा दिन सबै तर्फ वाट आवस्यक देखिन्छ । बिशेष गरी वार्डले पर्यटन पुर्वाधार बिकासमा ध्यान दिन आवश्यक छ ।