भरतपुर १४ महानगरपालिकै पहिलो बालश्रम मुक्त तथा बाल मैत्री वडा घोषणा

Posted by

असार २६, चितवन – भरतपुरको वडा नम्बर १४ महानगरपालिकै पहिलो बालश्रम मुक्त तथा बाल मैत्री वडा घोषणा भएको छ । बुधवार एक कार्यक्रमका बिच कार्यक्रमकी प्रमुख अतिथी भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दाहालले वडा नम्बर १४ लाई लाई महानगरपालिकाकै पहिलो बालश्रम मुक्त तथा बाल मैत्री वडा घोषणा गरिन् ।

गत बर्ष असोज १७ गतेबाट प्रकृया शुरु भएकोमा ९ महिना पछी बुधवार वडालाई बालश्रम मुक्त तथा बाल मैत्री वडा घोषणा गरिएको हो । बालश्रम मुक्त तथा बाल मैत्री वडा घोषणा गर्नका लागि आवश्यक सबै प्रकृया पुरा भए सँगै बिशेष कार्यक्रमको आयोजना गरी बुधवार घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै मेयर दाहालले महानगरकै पहिलो बालश्रम मुक्त तथा बाल मैत्री वडा घोषणा गरेर भरतपुर १४ ले उदाहरणिय काम गरेको बताईन् । यो कार्यक्रमलाई सफल बनाउनु सजिलो नभए पनि वडा १४ ले यसलाई सफल बनाएको भन्दै मेयर दाहालले सम्पूर्ण वडाबासीलाई धन्यबाद दिईन् । सिङ्गो भरतपुरलाई नै बालश्रम मुक्त तथा बाल मैत्री बनाउने योजनाको सुरुवात वडा नम्बर १४ ले गरेको र अब अन्य वडाहरुले पनि यसबाट सिक्न पर्ने उनले बताईन् । उनले आफ्नो कार्यकलमा नै सिङ्गो भरतपुरलाई बालश्रम मुक्त तथा बाल मैत्री बनाउने योजना रहेको सुनाईन् ।

‘हाम्रो कार्यकालमा सिङ्गो महानगर बालश्रम मुक्त र बाल मैत्री होस् भन्ने चाहना रहेको छ उनले भनिन् हामीले आफ्नो निती तथा कार्यक्रममा पनि यो बिषय समावेश गरेका छौ, यसको सुरुवात यो वडाले गर्‍यो अब सबैले यसलाई पछ्याउन पर्छ ।’ उनले सबै वडाका वडाध्यक्षहरुलाई यो अभियानमा लाग्न आग्रह गरिन् । विश्व भरी नै बालश्रम अझै पनि कायमै रहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नभएको दाहालले बताईन् ।

नेपालमा बालश्रम दर उच्च रहेको बताउदै दाहालले सबैलाई बालश्रम मुक्त बनाउन एक जुट भएर लाग्न आग्रह गरिन् । बिशेष गरी होटल तथा सार्वजनिक सवारी साधनहरुमा बालश्रम हुने गरेको र यसले बालबलिकाहरु माथी शारिरिक मानसिक तथा आर्थिक रुपमा शोषण भईरहेको उनले बताईन् । २०८५ सम्म नेपाललाई नै बालश्रम मुक्त घोषणा गर्ने गुरुयोजना बनाएर सरकार अघी बढीरहेको उनले जनाईन् । सरकारले बनाएको यो गुरुयोजनामा सबैलाई साथ दिन उनले आवह्वान गरिन् ।

भरतपुर १४ का वडाध्यक्ष ओम प्रसाद पोख्रेलले ९ महिना अघी प्रतिबद्दता गरे अनुसार वडालाई बाल श्रम मुक्त तथा बाल मैत्री घोषणा गर्न पाउदा खुशी लागेको बताए । यस्तै उनले यो घोषणा पछी चुनौती थपिएको पनि बताए । ‘९ महिना अघी प्रतिबद्दता गरे अनुरुप आज घोषणा गर्न पाउदा खुशी त लागेको छ उनले भने, तर भोलीको दिनमा यसलाई कार्यन्वयन गर्न सकेको खण्डमा बल्ल सफल भएको महसुस हुन्छ ।’ ‘भोली बसाई सराईको क्रममा कोही यहाँ आएर बालाबालिकालाई बालश्रममा लगाउलान्, कोही कामदारले बालबालिकालाई ल्याएर काममा लगाएर बालश्रम गर्लान् उनले भने त्यसलाई नियन्त्रण गर्न सकियो भने बल्ल सफल भएको महसुस हुनेछ ।’

एक हप्ता अघी मात्रै एउटा घरमा एक कामदारले ५ जनालाई बालबालिकाहरुलाई बालश्रमका लागि ल्याएको पाईएको उनले बताए । त्यसरी ५ जनालाई बालश्रममा लगाईउन लागेको थाहा पाउने बित्तिकै त्यसलाई नियन्त्रण गरिएको उदाहरण दिदै उनले भोलीका दिनमा फेरी त्यस्ता घट्न सक्ने बारे वडा कार्यालय सजग रहेको बताए । उनले बालश्रम भए नभएको बारे अनुगमनका लागि वडामा रहेको २१ वटा टोलसुधार समितीहरुको एउटा अनुगमन समिती बनाईएको जानकारी दिए ।

यस्तै वडामा रहेका ८ वटा गाँउलाई मिलाएर अनुगमन समिती बनाएको उनले जनाए । ति समितीहरुले वडामा बालश्रम भए नभएको बारे अनुगमन गर्नेछन् । बालश्रम बढ्नुको मुख्य कारण परिवारको कमजोर आर्थिक अवस्था भएको भन्दै उनले त्यस तर्फ पनि वडा कार्यालय गम्भिर रहेको बताए ।

भरतपुर महानगरपालिकाकै पहिलो बालश्रम मुक्त तथा बाल मैत्री वडा घोषणा गर्न पाउदा गर्वको महसुस भईरहेको छ – स्थानिय सप्तरङ्गी टोल सुधार समितीकी अध्यक्ष बिष्णुमाया सापकोटाले भनिन् ।’ ‘यो वडामा कही कतै पनि बाल श्रम छैन भन्न पाउनु खुशीको कुरा हो उनले थपिन् अब अन्य वडाहरुले पनि यसरी नै बाल श्रम अन्त्य गर्नु पर्दछ ।

‘ घोषणा पछी पनि कतै बालश्रम भएको छ कि भनेर समय समयमा अनुगमन गर्नु पर्ने उनको भनाई छ । यस्तै उनले कुनै बालबलिकालाई बालश्रममा नलगाउन आग्रह समेत गरिन् । भरतपुर महानगरपालिका १४ की वडा सदस्य एव बालश्रम मुक्त तथा बाल मैत्री वडा घोषणा कार्यक्रमकी संयोजक सरस्वती भण्डारी पौडेलले स्वागत मन्तब्य राखेकी थिईन् भने दयाराम कडेलले कार्यक्रम बारे प्रकाश परेका थिए ।

भरतपुर १४ मा कुल ११ हजार २ सय ३ जनसंख्या रहेका छन् । जसमध्य ५ हजार ६ सय २५ पुरुष र ५ हजार ५ सय ७८ महिला रहेका छन् । उक्त वडामा बालबालिकाको संख्या ३ हजार ३९ रहेको छ । जसमा बालक १६३९ र बालिका १४४६ रहेका छन् । ३ हजार ३ सय ३९ बालबालिका मध्य २ हजार ६ सय ८८ जना बिद्यालय जाने गरेका छन् । बाँकी ३ सय ५१ जनाको भने बिद्यालय जाने उमेर नभएको बताईएको छ । वडामा कुनै पनि बालबालिका बालश्रमका लागि प्रयोग भएका छैनन् । घोषणा अघी वडा कार्यालयबाट र्‍याली निकालिएको थियो ।