भरतपुर २१,पर्वातिपुरमा पोखरी संरक्षण गरि पार्क बनाइने

Posted by

अपिल घिमिरे ,चितवन

भरतपुर २१ को लालीगुराँस टोल विकास संस्थाको क्षेत्रमा अवस्थित पोखरी संरक्षण हुने भएको छ। हाल सो पोखरीलाई गेट सहितको कम्पाउन्डिङ गर्ने कार्य भैरहेको छ। संघिय खानेपानी योजनाको खर्चमा यो योजना गरिएको भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले बताएका छन्। पोखरी को वरिपरि विभिन्न प्रजातिका बिरुवाहरु रोपिने बस्ने कुर्ची हरु राखिने र पार्क को रुपमा विकास गरिने अधिकारीको भनाइ छ।हिउँदमा पोखरीमा पानी कम हुन नदिन खानेपानीको बोरिङ्गबाट व्यवस्था हुने गरि कम अगाडी बढेको छ। आगामी वर्षको थप बजेट बाट सबै काम सम्पन्न गरिने भएको हो। करिव १ बिगाहा क्षेत्रफल रहेको सो पोखरी यस क्षेत्रको पर्यटकीय र रमणीय क्षेत्र बन्न लागेको छ।