भरतपुर–२१ को श्री राम मन्दिरबाट गएराति मूर्ति चोरी

Posted by

जेठ १३,पार्बतीपुर
भरतपुर महानगरपालिका–२१ ,पाहारीलोटारको श्री राम मन्दिरमा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् । मन्दिरमा रहेका राम, सीता, लक्ष्मुण र राधाको मूर्ति गएराति हराएको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष भवानी पोखरेलले जानकारी दिनुभयो । मन्दिरमा भएको हनुमान र कृष्णको मूर्ति भने चोरी भएका छैनन् । हराएका राम, सीता, लक्ष्मुणको मूर्ति २०४२ सालमा सिन्धुपाल्चोक बाट ६ हजार ५ सय मा खरीद गरी ल्याइएको र राधाको मूर्ति २०७४ सालमा मन्दिरमै स्थापना गरीएको अध्यक्ष पोखरेलको भनाई छ । श्री राम मन्दिरबाट गतबर्ष पनि पुराना मुद्राहरु चोरी भएका थिए । बुधबार साझँ मन्दिरमा पूजा गरेर फर्किएर फेरि आज (बिहिबार) बिहान धुप आरती गर्न जाँदा मूर्ति हराएको पत्ता लागेको मन्दिरका पुजारी नेत्रनाथ सापकोटाले जानकारी दिनुभयो । मन्दिरको ढोका ताडफोड गरी मूर्ति चोरी भएको पुजारी सापकोटाले जानकारी दिनुभयो । मूर्ति हराएको थाहा पाएपछि घटनास्थलमा पुगेर बिभिन्न सघंसस्थाँ सगँ समन्वय गरी अनुसन्धान गरीरहेको प्रहरीचौकि पार्बतीपुरले जानकारी दिएको छ । भरतपुर २१ मा मूर्ति हराएको घटना पहिलो भएको वडाध्यक्ष चित्रशेन अधिकारीले जानकारी दिनुभयो ।चोरी भएको मूर्ति खोजिकार्यमा सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ । निशेधाज्ञको समयका मूर्ति हराउनु गम्भिर कुरा भएको भन्दै चोरीका घटनालाई निरुत्साहित गरी सभ्य समाज निमार्णमा भुमिका खेल्न वडाबासिहरु लाई वडाध्यक्ष अधिकारीले आग्रह गर्नुभयो । स्मरण रहोस गतबर्ष पनि निशेधाज्ञको समयमा भरतपुरको बिभिन्न वडाहरुमा चोरको बिगबिगि बढेको थियो । त्यस समयमा पनि कृर्षकले पालेका बाख्राहरु रातको समयमा चोरी भएका थिए ।

मन्दिरमा रहेको भगवन कृष्णको मूर्ति
मन्दिरमा रहेको हनुमानको मूर्ति