भरतपुर २१ मा बन्यो क्रिकेट रंगशाला निर्माण सहोगार्थ धनधान्याचल उपसमिति

Posted by

अपिल घिमिरे,पार्बतिपुर,माघ १७
चितवनको रामपुरमा बन्न लागेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजित धनधान्याचल महोत्सबको लागि भरतपुर महानगरपालिका वार्ड नम्बर २१ ले सहयोग उपसमिति बनाएको छ। शुक्रवार आफ्नै वार्ड कार्यालयमा कार्यक्रम आयोजना गरि समिति निर्माण गरिएको हो। समितिको संयोजकमा भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारी रहनुभएको छ । सहयोग समितिमा नेकपा भरतपुर २१ का तर्फबाट वलराम सापकोटा,नेपाली कांग्रेसको तर्फ बाट जयभद्र न्युरे रहनु भएको छ । त्यस्तै समितिमा वडासदस्यहरु , शैक्षिक क्षेत्रका प्रमुख, १९ वटा टोल बिकाश संस्थाका अध्यक्ष, क्लबका अध्यक्ष, मन्दिर,गुम्वा,चर्चका प्रमुख,सहकारी,संचारका प्रमुख रहनेछन्।समितिले १९ गते हुने शोभा र्यालीको तयारी गर्ने, वार्ड भित्रबाट नगद तथा जिन्सी संकलन लगाएतका कार्यहरु संचालन गरी गौरवको यस योजनालाई सफल पारिदिन वडाध्यक्ष एवं सहयोग उपसमितिका संयोजक चित्रसेन अधिकारीले सबै संग अनुरोध गर्नु भएको छ।

यहि माघ १९ देखि माघ २६ सम्म भरतपुर १५ को रामपुर मा हुने धनधान्याचल महोत्सबको लागि वाचन प्रविन पं. दीनबन्धु पोख्रेल रहनु हुनेछ। आज आयोजित २१ नम्बरका वडाभेलाले आगामी दिनमा घरमा प्रयोग हुने रंगका लागि महानगरको एक वार्ड एक रंग कार्यक्रम क लागि पनि धनधान्याचल सहयोग उपसमितिकै प्रकृतिको समिति निर्माण गरेको छ । कार्यक्रम वार्ड सचिव पंचमाया तामांगले संचालन गर्नुभएको थियो।