भरतपुर २५ को बिकास निमार्णमा भएको विवाद र वडाअध्यक्षको कार्यशैली प्रति नागरिकले उठाए आवाज:चार वडा प्रतिनिधिको पनि ऐक्यवद्धता

Posted by

असार १५,भरतपुर,
भरतपुर महानगरपालिका वडा नम्बर २५ मा बिकास निमार्णका सम्बन्धमा भएको विवाद र वडाअध्यक्षको कार्यशैलीप्रति भर्त्सना गर्दै एमाले, काँग्रेस र राप्रपाका स्थानीय नेताले संयुक्त विज्ञप्ती जारी गरेको भोलिपल्ट मङगलबार वडा नम्बर २५ का वडा प्रतिनिधीले पनि नागरीकले उठाएको आवाजमा ऐक्यवद्धता जनाएका छन् । मङगलबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै वडा सदस्यहरुले बिकास निमार्णका सम्बन्धमा वडाध्यक्ष बिजय कुमार भुजेलले वडा समितिका सदस्यहरुलाई बेवास्ता गरी निर्बाचित मिति देखि कुनै पनि आर्थिक बर्ष समापनको अबधिमा बिवाद रहित रुपमा कार्य सम्पन्न नभएको आरोप लगाएका छन् । वडाअध्यक्षले वडा समितिको रोहबरमा निर्माण भएको उपभोक्ता समिति मनोमानी ढंगले हेरफेर गरी आफ्नो अनुकुलको छुट्टै समिति गठन गरेकोेमा विज्ञप्ती मार्फत घोर भर्त्सना गरीएको छ ।साथै वडा प्रतिनिधिहरु कमल बहादुर गोदार ,पार्वती बिक, गौरी जम्रकटेल र युवराज महत्तो द्वारा हस्ताक्षरित विज्ञप्तीमा वडा नम्बर २५ को बिषयमा नागरिक अगुवाहरुले उठाएको आवाजमा ऐक्यवद्धता जनाउदै उचित छानविनको माग गरीएको छ । विज्ञप्तीमा भनिएको छ “भरतपुर महानगरपालिका वडा नं। २५ भित्रका बिकाश निर्माणका सम्बन्धमा यस वडाका वडाध्यक्ष बिजय कुमार भुजेलले वडा समितिका सदस्यहरुलाई बेवास्ता गरी निर्वाचित मिति देखि कुनै पनि आर्थिक बर्ष समापनको अवधिमा बिबाद रहित रुपमा कार्य सम्पन्न नभएको र वडा अध्यक्षले वडा समितिको रोहबरमा निर्माण भएको उपभोक्ता समिति मनोमानी ढंगले हेरफेर गरी आफ्नो अनुकुलको छुट्टै समिति गठन गरीएकोमा घोर भर्त्सना गर्दै हाल यस वडाको बिविध बिषयमा नागरीक अगुवाहरुले उठाएको आवाजमा ऐक्यवद्धता जनाउदै उचित छानविनको लागि सम्बन्धित निकायमा आब्हान गर्दछौँ ”। यसै बिच नेकपा एमाले भरतपुर २५ ले पनि मङगलबार एक विज्ञप्ती निकाल्दै विकास निर्माणका सम्बन्धमा स्वतन्त्र नागरिकको तर्फबाट निरीक्षण गरेपछि पुल, बाटो र ग्राबेल निर्माणका कामहरु गलत भएको भन्दै उनीहरुले वडाध्यक्षको ध्यानाकर्षण गराउन जाँदा ती व्यक्तिमाथि दुर्व्यवहार भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।“निर्माणमा अनियमितता भएको, निर्माण कार्य न्यून गुणस्तरीय भएको, उपभोक्ता समिति गठन प्रकृयामा मनलाग्दी गर्दै निर्माण कार्य भित्र अनियमितताको गन्ध आएको देखिएकाले सो सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाउन र छलफल गर्न भनि जाँदा ध्यानाकर्षण पत्र बुझ्न नखोज्ने , बुझे पनि दर्ता गर्न नमान्ने र उल्टै छलफलमा बस्ने भनेर बोलाउने र छलफलको ठाउँमा लठैत केटाहरु बोलाइ स्वतन्त्र नागरिक अगुवालाई धरपकड गर्ने, हात हाल्ने, अनैतिक शब्दहरुबाट गाली बेइज्जति गर्ने जस्ता कार्य स्वयं वडाअध्यक्षकै नेतत्वमा हुनु अत्यन्तै खेद जनक छ” विज्ञप्तीमा भनिएको छ ।वडा भित्र भएका विकास निर्माणका गतिविधिलाई ध्यानाकर्षण गराउँदा पनि भरतपुर २५ का वडाअध्यक्षले गलत प्रवृत्तिको संरक्षण गरेको भन्दै यस्ता अनियमितता काम गर्ने कार्यमा स्वयं वडाअध्यक्षकै संलग्नता रहेको आभाष मिल्ने विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा मार्फत नेकपा एमाले भरतपुर २५ वडा कमिटि देश, जनता र वडावासीको विकास चाहनाप्रति कटिबद्ध हुँदै यस्ता अराजनीतिक गतिविधि र अनियमितताको भण्डाफोर गर्दै यस्ता गविधिको संवन्धित पक्षबाट छानविन गरी दोषि उपर कारबाही सहित उचित क्षतिपूर्ति सहितको कानुनी दण्ड जरिवाना गराउन माग गरिएको छ ।

This image has an empty alt attribute; its file name is 3-2-768x1024.jpg
एमाले, काँग्रेस र राप्रपाका स्थानीय नेताको संयुक्त विज्ञप्ती
This image has an empty alt attribute; its file name is 55-768x1024.jpg