भरतपुर २ का ७९ बर्षीय बृद्धमा कोरोना

Posted by

 साउन २१, बुधबार भरतपुर । भरतपुर महानगरपालिका वडा नं २ का ७९ बर्षीय एक बृद्धमा कोरोना देखिएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा बुधबार १५२ जनाको स्वाब परीक्षण गर्दा एक बृद्धमा कोरोना पुष्टि भएको हो ।

अन्य १५१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।