भाटभटेनीको सामान बोकेको ट्रक त्रिशुलीमा खस्यो, ट्रक चालक हामफालेर बाच्न सफल

Posted by

चितवन, बिहिबार, साउन १५–

चितवनको इच्छाकामना गाउपालिका–५ स्थित मुग्लिन नजिकैबाट आज (बिहीबार) बिहान एउटा ट्रक त्रिशुली नदीमा खसेको छ ।

अन्दाजी ७ः३० बजेको समयमा बिराटनगरबाट काठमाडौं जाँदै गरेको भाटभटेनीको सामग्री बोकेको ना ३ ख ७९८७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । ट्रक पुरै नदिमा डुबेकोले देखिएको छैन ।

विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रकसंग ठोक्किएर सो ट्रक त्रिशुलीमा खसेको हो । ट्रकका चालक राजेन्द्र बस्नेत भने हामफालेर बाच्न सफल भएका छन् । उनको अहिले मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने अर्को ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।