भानु मा. बि पहारिलोटारद्वारा लगाइएको धान्याचलको आयव्य सार्वजनिक

Posted by

सुदिप देवकोटा/सुदय लामिछाने

चितवन २०७६, असार ८- चितवन जिल्लाको भरतपुर महानगरपालिका २१ पहारिलोटारमा अवस्थित भानु मा.वि पहारिलोटारले वि.सं. २०१८ आश्विन ६ गते देखि तत्कालिन वडाहरु जगतपुर को मधुपुरी र सितलपानी पटिहानीको पदमपोखरी पार्वतिपुरको पहारिलोटारलाई सेवाक्षेत्र बनाउंदै र सेवाक्षेत्रलाई फराकिलो बनाउदै नमुना विधालयको रुपमा अगाडि बढाउने क्रममा आर्थिक अवस्थालाई मध्यनजर राख्दै +२ र प्राविधिक शिक्षाको अवधारणलाई अगाडी बढाउने उदेश्यका साथ विधालयको शैक्षिक र भौतिक दुवै पक्षलाई सवल बनाउनका लागी गत बर्ष पौष महिनामा ११ दिन सञ्चालित बृहत धनधान्याचल महायज्ञको आयव्य सार्वजनिक गरेको छ । धान्याचलको लागि नाराण प्रसाद आचार्यको संयोजकत्वमा १०९ जना मुल कार्य सम्पादन समिति सहित ८६ वटा उप समिति बनाइएको थियो । मुल वाचकका रुपमा पं वाल योगेश्व्वर रहनु भएको थियो । आज सार्वजनिक प्रेस विज्ञप्ति अनुसार चार करोड वाइस लाख अठचालिस हजार छ सय चौरानब्बे रुपैया धान्याचलबाट संकलन भएको र पचहत्तर लाख उन्नाइस हजार छ सय सतचालिस रुपैया खर्च भएको बिधालयले जानकारि गराएको छ । धान्याचल लगाउदा लागेको खर्च कटाएर तिन करोड सतचालिस लाख उनन्तीस हजार सतचालिस रुपैया वचत भएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपानेले जानकारि दिनु भएको छ । संकलित रकम विधालयको शैक्षिक र भौतिक दुवै पक्षलाई सवल बनाउनका लागी खर्च गरिने जनाइएको छ ।